१९ श्रावण २०८३, मंगलवार
,
Latest
नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा काँग्रेस सांसद कार्कीको प्रश्न–२३ लाख ग्यास सिलिण्डर कता हरायो ? अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध, पर्यटन विधेयकमाथि छलफल उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी राष्ट्र बैंक ऐन संशोधनमा सांसदबीच मतभेद, डेपुटी गभर्नरको संख्या र अर्थ सचिवको भूमिकामा फरक धारणा नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन प्रदेश सरकारको नेतृत्व परिवर्तनमा एमाले नेता भट्टराईको असन्तुष्टि, ‘साटसुट र शक्तिको भाषा किन?’ मिसिलमा क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन कठिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाइन् सम्पत्ति विवरण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका माननीय उपाध्यक्ष उर्मिला अर्यालले आर्थिक बर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी छन् ।

उपाध्यक्ष अर्यालले आज सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा गएर सम्पत्ति विवरण बुझाएकी हुन् ।

उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । उपाध्यक्ष उर्मिला अर्यालले गरी बुझाएको आर्थिक बर्ष २०७९/८० को सम्पत्ति विवरण यस प्रकारको छ:

१. घर जग्गा
क. प्युठान न.पा वडा नं ४ मा ‍घडेरी २ रोपनी श्रीमान यमबहादुर थापाको नाममा रहेको (स्रोत पैतृक) ।
ख. प्युठान न.पा वडा नं ४ मा ‍जग्गा १३ रोपनी श्रीमान यमबहादुर थापाको नाममा (स्रोत पैतृक) ।
ग. पर्सा विरगञ्ज महानगरपालिका वडा नं १४ मा ‍जग्गा ३ कठ्ठा ८ धुर श्रीमान यमबहादुर थापाको नाममा रहेको स्रोत श्रीमानको र आफ्नो आयबाट खरिद गरिएको ।
घ. बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा १८ आना घडेरी रु ४ करोडमा किनेको । स्रोत बालकोटको घर जग्गा बेचेको पैसा र सावल सहकारी संस्थाबाट रु २ करोड ५३ लाख ऋण लिएर खरिद गरेको ।

गरगहना
क. सुनको गहना १२ तोला स्रोत दार्इजो बापत प्राप्त ।
ख. हिराको गहना १ सेट स्रोत दार्इजो बापत प्राप्त ।
ग. निलमको गहना १ सेट स्रोत दार्इजो बापत प्राप्त ।
घ. चाँदी अन्दाजी ३०० तोला स्रोत स्वआर्जन र श्रीमानको आर्जनबाट किनेको र दार्इजो तथा उपहार वापत प्राप्त समेत ।

नगद तथा बैंक मौजदात
एभरेष्ट बैंक र राष्ट्रिय बाणिज्य बैकमा गरेर जम्मा ७४०००।–
धितोपत्र, शेयर
१. एभरेष्ट बैंकको ४०० कित्ता साधारण शेयर ।
२. साहस उर्जा कम्पनी लि. २५० कित्ता साधारण शेयर ।
३. अन्य विभिन्न कम्पनीहरुको ३०० कित्ता साधारण शेयर ।
४।.हिमालयन उर्जा कम्पनीको २८००० कित्ता साधारण शेयर श्रीमान यमबहादुर थापाको नाममा रहेको ।
शेयर खरिदको स्रोत स्वआर्जन र श्रीमानको आर्जनबाट विभिन्न समयमा खरिद गरिएको ।

ऋण लिएको र तिरेको
२०७० सालमा बुढानिलकण्ठ न.पा.वडा नं ४ मा जग्गा खरिद गर्न सावल सहकारी संस्थाबाट २ करोड ५३ लाख ऋण लिएकोमा विरगञ्जमा २ कठ्ठा जग्गा, भक्त्तपुर चाँगुनारायणको १ रोपनी, दुवाकोटको १० आना जग्गा बेचेर २ करोड ३० लाख ऋण तिरेको र २३ लाख ऋण तिर्न अझ बाँकी ।

विविध
ल्यापटप -१ थान, टिभी – ३ थान लगायत फर्निचरका सामानहरु आफ्नो र श्रीमानको आम्दानीबाट खरिद गरिएको ।




भर्खरै