• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

हिमालयन एयरलाइन्सद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग



काठमाडौँ । हिमालयन एयरलाइन्सले नेपाल अर्थोपेडिक अस्पतालमा रहेको सगरमाथा वार्डमा एसी सहयोग गरेको छ ।

एअरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा।कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण  गर्नुभयो ।

 

 

 

अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ जहाँ कमजोर आर्थिक अवस्था भएका बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन्।

एयरलाइन्सबाट सहयोग भएको एसीबाट वार्डमा रहेका बिरामीहरु लाभान्वित हुने भन्दै अस्पतालले हिमालयन एयरलाइन्सप्रति कृतज्ञता प्रकट गरेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा कैलाश भण्डारीले आगामी दिनमा पनि एयरलाइन्सबाट यस्तै कार्यको अपेक्षा गर्दै अस्पतालले एयरलाइन्सका अध्यक्ष र ब्रान्ड टोलीलाई धन्यवाद दिनुभएको छ ।