• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछ: विष्णुप्रसाद पौडेल ★   काँग्रेसलाई प्रधानमन्त्रीको चेतावनी: विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ ★   दमौलीमा आगलागी: क्षतिको विवरण सङ्कलन गरिँदै ★   कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री ★   काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहालको विश्वास मत माग्ने प्रक्रिया शुरु ★   बालेनले सार्वजनिक गरे गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिने खोज्नेहरुको नाम ★   कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा अनिश्चित ★   आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली ★   सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित

वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा



काठमाडौँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो ।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिनुभयो । दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २:३० बजेसम्म निर्धारण गरिएको उहाँले बताउनुभयो ।

वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ । अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८:१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णण गरेको थियो । रासस