९ श्रावण २०८३, शनिबार
,
Latest
भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पब्जी टिम डीआरएस गेमिङले कमायो दुई करोड २० लाख रुपैयाँ



अ+ अ-

काठमाडौँ । नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले एक सातामै करिब दुई करोड २० लाख रुपैयाँ कमाई गरेको छ ।

आइतबार सम्पन्न ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा ‘डीआरएस गेमिङ’ले यो पुरस्कार राशि प्राप्त गरेको हो ।

‘डीआरएस गेमिङ’ले अलस्टार्स चरणको खेलमा तेस्रो हुँदै ९० हजार अमेरिकी डलर अर्थात् करिब एक करोड १८ लाख रुपैयाँ जितेको थियो भने मेन टुर्नामेन्टमा ११ औँ स्थान र सहभागी पुरस्कार गरी कुल ७७ हजार पाँच सय अमेरिकी डलर अर्थात् एक करोड दुई लाख रुपैयाँ जितेको हो ।

यस्तै, अलस्टार्स चरण र मेन टुर्नामेन्ट दुवैको विजेता बनेको थाइल्यान्डको पब्जी टिम ‘भ्याम्पाएर ई–स्पोर्ट्स’ले भने करिब सात करोड पचास लाख रुपैयाँ जित्न सफल रह्यो ।