५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प



अ+ अ-

एजेन्सी । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस)ले जनाएको छ ।

युएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको बताएको भएपनि यसलाई संशोधित गरी ७.४ म्याग्निच्युड भएको परिमार्जित रिपोर्ट दिएको छ ।

स्थानीय समयअनुसार आइतबार राति १० बजेर ४८ मिनेटमा स्यान्ड प्वाइन्ट सहरबाट ८९ किलोमिटर दक्षिणपश्चिममा भूकम्प गएको थियो ।

अलास्काको पामरमा रहेको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि यसअघिको सुनामीको खतरनाक चेतावनीलाई कम गरेको छ ।

“उत्तर अमेरिकाका अन्य अमेरिकी र क्यानडेली प्रशान्त महासागरीय तटहरूमा सुनामीको कुनै खतरा छैन,” विज्ञप्तिमा भनिएको छ ।

अलास्का भूकम्पीय रूपमा सक्रिय प्यासिफिक रिङ अफ फायरको एक भाग हो ।

सन् १९६४ को मार्चमा ९.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो जुन उत्तरी अमेरिकामा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

यसले एन्कोरेजलाई तहसनहस पारेको थियो र अलास्काको खाडी, अमेरिकी पश्चिमी तट र हवाईमा सुनामी ल्याएको थियो । उक्त भूकम्प र सुनामीका कारण २५० भन्दा बढीको मृत्यु भएको थियो ।