१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणः केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले तुलाधरलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

२७ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको थियो ।