• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा ★   सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज ★   राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट, के भयो कुरा ? ★   बेइजिङमा बुद्धजयन्ती मनाइयो ★   शीर्ष नेताहरुसँग परामर्शपछि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित संयन्त्रको बैठक बस्दै ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा

ट्वीटरले आफ्नो विज्ञापनबाट भएको आयको आधा हिस्सा गुमाएको मस्कको भनाइ



एजेन्सी । एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताउनुभएको छ ।

मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आउनुभएको छ ।

“विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र भारी ऋणभारका कारण हामी अझै पनि नकारात्मक नगद प्रवाहमा छौं,” अरबपति मस्कले शनिबार ट्वीटमार्फत् बताउनुभयो ।

“हामीसँग अरू कुनै पनि चीजको विलासिता हुनुभन्दा पहिले सकारात्मक नगद प्रवाहमा पुग्न आवश्यक छ,” उहाँले थप्नुभयो ।

‘इन्साइडर इन्टेलिजेन्स’का अनुसार ट्वीटरले सन् २०२३ मा तीन अर्ब डलरभन्दा कम आम्दानी गर्ने अनुमान गरिएको छ, जुन सन् २०२२ को तुलनामा एक तिहाइ कम हो ।

मस्कले ट्वीटरमा कब्जा जमाएपछि गरेका परिवर्तनहरूले प्रयोगकर्ता र विज्ञापनदाताहरूलाई समान रूपमा बन्द गरिदिएको छ ।

मस्कले तथ्याङ्क चोरीको चरम स्तरलाई सम्बोधन गर्न भन्दै यस महिनाको सुरुमा ट्विटरको प्रमाणित अकाउन्टहरूबाट एक दिनमा १० हजार ट्वीटहरू पढ्नको लागि सीमित अनुमति दिने घोषणा गर्नुभएको थियो ।

उहाँले निः शुल्क खाताहरू जुन अधिकांश प्रयोगकर्ताहरूले बनाउँदछन् ती गैर–स्थापित प्रयोगकर्ताहरूले प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न सक्ने सीमित प्रावधान ल्याउने र नयाँ अपुष्ट अकाउन्ट भएका प्रयोगकर्ताले ५०० ट्वीटहरू मात्र पढ्नसक्ने गरी सीमित गरिएको घोषणा गर्नुभएको थियो ।

ट्विटरको प्रतिद्वन्द्वीको रूपमा फेसबुकको अभिभावक मेटाले सुरु गरेको एप थ्रेड्सले पहिलो पाँच दिनमा १० करोडभन्दा बढी प्रयोगकर्ता दर्ता गरेपछि यो परिवर्तन आएको हो ।

यस वर्षको सुरुमा ‘ओपन एआई’ले बनाएको कृतिम बौद्धिकता (ए.आई) एप च्याटजीपीटीलाई सक्रिय प्रयोगकर्ताको सङ्ख्यासम्म पुग्न दुई महिना लागेको थियो ।

केही अनुमानका अनुसार, थ्रेड्स अब १५ करोड प्रयोगकर्ताहरूमा पुगेको छ । जसमा भारतीय प्रयोगकर्ता सबैभन्दा धरै छन् । इन्स्टाग्रामको लिङ्कले यसलाई दुई अर्बभन्दा बढी प्रयोगकर्ताहरूको पहुँचमा पु¥याएको छ ।

ट्वीटरका करिब २० करोड नियमित प्रयोगकर्ता रहेको अनुमान गरिएको छ तर मस्कले प्लेटफर्म किनेर हजारौं कर्मचारीलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलताको सामना गर्नुपरेको छ । रासस