३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छः उपप्रधानमन्त्री खड्का

विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छः उपप्रधानमन्त्री खड्का
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ ।

“चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ, ती प्रतिबद्धता पूरा गर्न राजनीति दलहरू जिम्मेवार हुनुपर्छ”, आइतबार सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, “विकास–निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरु गर्दा राजनीतिक दलहरु र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुनु आवश्यक छ ।”

आजै भेरीगङ्गा नगरपालिका–८ मा लालपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपूर्जा वितरणको काम भइरहेको बताउनुभयो । “सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहीन भएर बस्नु नपरोस् भन्ने छ”, उहाँले भन्नुभयोे, “आयोगमार्फत जतिसक्दो चाँडो लालपूर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौँ ।”

उहाँले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपूर्जा नपाएका, श्रेष्ता कायम हुन नपाएका, अधुरा कामहरू पूरा गरेर सुर्खेतमा पहिलो चरणमा लालपूर्जा वितरणको काम भइरहेको बताउनुभयो । “एक–डेढ वर्षमा सबै काम सम्पन्न गरेर यस्ता पुर्जाहरू वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र श्रेष्ता दिने काम सुरु हुन्छ”, उहाँले भन्नुभयो, “कोही पनि नेपाली नागरिक भूमिहिन भएर बस्नुपर्ने अवस्था हुँदैन ।”

उपप्रधानमन्त्री खड्काले भेरीगङ्गा नगरपालिका–१० को आँपधारा खानेपानी आयोजनाको उद्घाटन गर्दै घरमा स्वच्छ खानेपानी पुर्याउने सरकार लक्ष्य रहेको जानकारी दिनुभयो । “थुप्रै खानेपानी आयोजनाहरू सुरु भएका छन्, केही सम्पन्न हुँदैछन्”, उहाँले भन्नुभयो, “नागरिकलाई स्वच्छ खानेपानी घरघरमा पुर्याउने प्रतिबद्धतालाई क्रमैसँग पूरा गर्दै जानेछौँ ।”

उपप्रधानमन्त्री खड्काले युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउने गरेर सरकारले कार्यक्रम ल्याएको बताउनुभयो । “खेलाडी प्रोत्साहन, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएका छौँ”, उहाँले भन्नुभयो, “खेल क्षेत्रप्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि सरकार प्रतिबद्ध छ ।” उहाँले कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागिरहेको बताउँदै कर्णालीलाई खेलमय बनाउने गरेर सङ्घ, प्रदेश र स्थानीय तह लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय खेलकुद प्रतियोगीताले कर्णालीको खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । रासस