२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि हवाई भाडा ६ प्रतिशत वृद्धि हुने



अ+ अ-

काठमाडौँ । भोलि साउन १ गतेदेखि ६ प्रतिशत हवाई भाडा वृद्धि हुने भएको छ ।

हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

सरकारले लगाएको मुल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ ।

‘वायुसेवा कम्पनीहरुले साउन १ गते देखी लागु हुनेगरी हवाई भाडा दरमा नै समावेशगरी मूल्य अभिवृद्धि कर उठाउने ।’ संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।