१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी इन्टर मियामीमा अनुबन्धित



अ+ अ-

एजेन्सी । अर्जेन्टिनियन विश्व चर्चित फुटबल स्टार लियोनल मेसी अमेरिकी सकर क्लब इन्टर मियामीमा औपचारिक रुपमा अनुबन्धित भएका छन् ।

पछिल्लो दुई वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा बिताएका मेसीले गत सिजनको अन्त्यसँगै पीएसजी छाड्ने घोषणा गरेका थिए । पीएसजी छाड्ने घोषण गरेसँगै मेसी आफूले दुई दशकभन्दा बढी समय बिताएको बार्सिलोना फर्कने चर्चा पनि निकै चल्यो ।

अर्कोतर्फ उनी साउदी अरब जाने चर्चा पनि नचलेको होइन । तर फरक हल्ला र चर्चाबीच मेसीले अमेरिकी क्लब मियामी रोजेका हुन् । मेसीले एमएलएस क्लब मियामीसँग सन् २०२५ सम्म रहने सम्झौता गरेका छन् ।

‘‘म इन्टर मियामीबाट अमेरिकामा करियरको अर्को कदम चाल्नका लागि उत्साहित भएको छु । यो मेरालागि राम्रो अवसर हो । हामी सबै मिलेर राम्रो परियोजना निर्माण गर्नेछौं । मियामीमा लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्नेछौं । म यहाँ आफ्नो नयाँ घर बनाउन लागिपरेको छु,’’ सम्झौतापछि मेसीले भने ।

सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसीलाई जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेलबाट मियामीको जर्सीमा देख्न पाइनेछ ।