२५ श्रावण २०८३, सोमबार
,
Latest
‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन



अ+ अ-

काठमाडौं ।श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेको भन्दै आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिरोध प्रदर्शन गरेको हो ।

उनीहरुले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरुले बिरोध गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण बिरोध गर्नुपरेको बताउनु भयो । उहाँले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कुवेत, जोर्डन लगायतका देशमा नेपाली दाजुभाई दिदिबहिनी गइरहनुभएको छ, उहाँहरुलाई बिना कारण अध्यागमनले फर्कायो, करिव १९० भन्दा बढीको संख्यामा फर्कासक्नुभएको छ । त्यहाँ ठूलो रुपमा टिकट काटिएको, खर्च गरिएको हुन्छ, सबै प्रक्रिया पु¥याएर जाँदा अन्तिममा उहाँहरुलाई फर्काइन्छ, दुःख दिइन्छ, त्यसको बिरुद्ध हामीले बिरोध गरेका हौँ । बिना कारण दुःख दिइएकोमा हाम्रो बिरोध हो । हामीले शान्तिपूर्ण आन्दोलन शुरु गरेका छौँ, यदी अध्यागमनले फर्काइरहन्छ भने हामी वैदेशिक रोजागारीमा पठाउने काम केही समयका लागि बन्द गर्नेछौँ । यसको जिम्मा लिएर क्षतिपूर्ति नदिएसम्म यहाँको महानिर्देशकले यसको नैतिक रुपमा जिम्मेवारी लिएर छानबिन गरेर कारबाही नगरेसम्म हामी बन्द गर्नेछौँ । कामदारको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्छ ।’

आन्दोलनकारीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर्, अध्यागमनबाट श्रमीक फर्काउने कार्य बन्द गर्, वैदेशिक रोजगारीमा जाने श्रमीकलाई दुःख दिने काम बन्द गर्, भिजिट भिसामा हुने सेटिङ बन्द गर्, अध्यागमनको ज्यादती बन्द गर्, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर् लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै बिरोध प्रदर्शन गरेका थिए ।