३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

‘हृदय नभएका हृदयश त्रिपाठी !’

‘हृदय नभएका हृदयश त्रिपाठी !’
अ+ अ-

उनी अर्थात् स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी । मुलुकका स्वास्थ्यमन्त्री भए पनि उनको चिकित्सकहरुसँग प्रायः भेट नै हुदैन । चिकित्सकसँग भेट्न नमान्ने व्यक्तिले स्वास्थ्यकर्मीलाई भेट्ने त झन् कुरै भएन । स्वास्थ्य मन्त्रालयमा पुगेपछि उनले कहिल्यै वरिष्ठ चिकित्सक, नेपाल चिकित्सक संघका पदाधिकारी या मन्त्रालयका वरिष्ठ चिकित्सकहरुसँग भेट्ने चाह नै गरेनन् । 

उनी यस्तो अवस्थामा यो मन्त्रालयको कमाण्ड सम्हाल्न पुगेका थिए कि त्यतिबेला मुलुकले पहिलो लहरको कोरोनाको कहर काटेर दोस्रोको प्रतिक्षामा थियो । यहाँ पहिलो लहरको त्यति ठूलो असर नपरेको भए पनि भारतमा भने बढ्दो थियो । 

भारतमा बढ्दो भएकै कारण यहाँका चिकित्सकहरुले भन्दै थिए– हामीले लत्तो नछोडौँ, भारतमा बढ्दो रुपमै छ, कुन दिन यता पनि भित्रिन्छ त्यसको पत्तै हुदैन, त्यसैले आवश्यक तयारी गरेर बसौँ । 

तर यो सुझाव सुन्ने पक्षमा मन्त्री त्रिपाठी थिएनन् । सुझाव दिन कोही पुग्यो भने उनले आफूलाई सबै कुरा थाहा भएको मात्र भन्ने गर्दथे । कतिपट नेपाल चिकित्सक संघका पदाधिकारी तथा मन्त्रालयकै वरिष्ठ चिकित्सकहरु सुझावका लागि जान्थे तर उनले रुचाउँदैनथे । 

एकजना वरिष्ठ चिकित्सकले भने– देशभरि महामारीको यस्तो अवस्था छ, तर के गर्नु ? यसो राम्रो सुझावका लागि हामी जान्छौँ तर मन्त्रीजी सुन्न तयारै हुनुहुन्न । सीधै भन्नुहुन्छ कि तपाइँहरु चिकित्सक हो, उपचारै गर्न जानुस्, मन्त्रालयल राजनीतिक नेतृत्वलाई चलाउन दिनुस् । 

अनि यस्तो भएपछि कसरी सुझाव दिनु ? ती चिकित्सक भन्छन् । महामारीका विभिन्न ट्रेन्डहरुका बारेमा समय समयमा विश्लेषण गर्नुपर्ने हुन्छ, के कस्तो अवस्थाबाट अघि बढिरहेको छ भनेर विश्लेषण गर्ने र महामारीले लिएको ट्रेन्डको विश्लेषण गरेर त्यसै अनुरुपको नियन्त्रणका विधिहरु अपनाउनुपर्ने हुन्छ । तर यस कार्यका लागि मन्त्री जी तयार नै हुनुहुन्न– मन्त्रालयका वरिष्ठ चिकित्सक तथा कर्मचारीहरु बताउँछन् । 

उनीहरुले त मन्त्रीलाई हृदय नभएका हृदयश त्रिपाठी भनेर नामै राखिदिएका छन् । मन्त्रालयका कर्मचारी बृत्तमा उनको नाम यही हो । देशमा महामारी फैलिएर दिन प्रतिदिन नागरिकको ज्यान गइरहेका बेला पनि नागरिकको ज्यान बचाउन मन्त्री संवेदनशील हुनुको सट्टा औषधि तथा अन्य स्वास्थ्य उपकरणहरुमा कमिसन, कर्मचारीको सरुवा तथा नियुक्तिमा आदिमा कमिसनमै लिप्त भएको देखेपछि कर्मचारीले यो नाम दिएका हुन् ।

मन्त्रालयका वरिष्ठ कर्मचारीहरु तथा अरु मन्त्रीहरुले त्रिपाठीकै कारणले गर्दा नेपालमा दोस्रो डोजको खोप आउन नसकेको बताउँछन् । जस्तो कि शुरुमा नेपालले किन्ने भनेर भारतको सेरम इन्स्टिच्युटलाई नेपाल सरकारले एड्भान्स नै पठाएको थियो । तर मन्त्रीले आलटाल गरे कमिसनका लागि । 

त्यो औषधि नेपाल सरकारले सिधै किनेर ल्याए हुनेमा उनले कमिसनका लागिे नेपाली कम्पनी तथा एजेन्ट खोजे । त्यो एजेन्टसँग कमिसनको प्रतिशतमा कुरा नमिलेपछि उनैले त्यो कम्पनीलाई नै दोषी देखाएर आफू चाहिँ उम्किए । 

दोषी पनि यसरी देखाए कि सरकारले दिनसक्ने भन्दा बढी कमिसन लिन खोजेकोले औषधि ल्याउन सकिएन भनेर आफैले समाचार लेखाएर आफू चाहिँ पानीमाथिको ओभानो बनेर मन्त्रीकै कुर्सीमा बसे । 

यीनले यसरी कमिसनका लागि महिना दिनभन्दा लामो समयदेखि मन्त्रालयका ओल्लो र पल्लो कोठमा फाइला घुमाउँदा घुमाउँदै ढिला भयो र उता भारतमा महामारीको दोस्रो लहर निकै चर्काेगरी बढिसक्यो । त्यसपछि भने भारत सरकारले आफ्नै देशमा खोप नपुग्ने भएपछि निर्यात नगर्न अदालतले नै आदेश दियो । 

अब आफूले समयमै खोप ल्याउन नसक्ने पक्का भएपछि अनि उनले अरुलाई दोष देखाएर उम्किएर बसे । यता अफू आफ्नो कुर्सी त उनले सुरक्षित राख्न सके तर नेपाली जनताको स्वास्थ्यको सुरक्षा भने दिन प्रतिदिन असुरक्षित बन्दै गएको छ । 

एकातर्फ देशमा यस्तो महमारी बढिरहेको छ भने अर्कातिर नागरिकले पहिलो डोज मात्र खोप लगाएर अर्काे डोज कुरेरै बसेका छन् । तर खोप कहिले आउने त्यसको कुनै अत्तो पत्तो छैन । पहिले सरकारले दोस्रो डोजका लागि पुग्दो रुपमा खोप छ भन्थ्यो तर अहिले ज्येष्ठ नागरिकको पालोमा पुगेर अड्किएको छ । 

अष्ट्राजेनिकाको खोप उत्पादक भारतको सिरमको नेपाली एजेन्ट हुकम डिस्ट्रिब्युटर्स हो र त्यो विजय दुगड, अभिषेक दुगड, सुरज बैद्य र ऋतुसिंह बैद्यका नाममा छ । आखिर मन्त्री त्रिपाठीले यीनैलाई दोष देखाएर उम्किए । बदनाम एजेन्टहरु भए तर मन्त्रीको कुर्सी हल्लिएन, उल्टै पुनर्नियुक्ति भए ।   

चिकित्सकबाट सचिव भएर मन्त्रालय चलेको थियो । तर अहिले त्यस्तो छैन । सचिब नन् प्राविधिक हुदा स्वास्थ्य मन्त्रालयलाई गाह्रो हुन्छ । त्यसमा पनि अझ महामारीको बेलामा त कुरै भएन । यस्तो अवस्थामा मन्त्रीले न कुनरु प्राविधिकको सल्लाह लिन्छन् र नत महामारीको फ्रन्ट लाइनमा खटेका चिकित्सक एवं कर्मचारीको कुरा नै सुन्छन् । 

अरु देशमा स्वास्थ्य मन्त्रालयल स्वास्थ्यका विज्ञले नै हाँक्छन् । मन्त्रीलाई यस्तो ज्ञान नभए चिकित्सक नै सचिव बनाउँछन् या वरिष्ठ चिकित्सकहरुको साथ र सहयोग लिएर अघि बढ्छन् । अघि अघि स्वास्थ्यका वरिष्ठ विज्ञहरु हुन्छन् र उनीहरुको सुझाव लिएर मन्त्रीले मन्त्रालय हाँक्छन् । 

तब पो महामारी जित्न सजिलो पर्छ । अहिले न कर्मचारी र नत चिकित्सक र स्वास्थ्यकर्मीले नै उनीबाट हौसला पाउन सकेका छन् । उल्टै कमिसनको चक्करमा परेर खोपजस्तो संवेदनशील वस्तु ल्याउन नसकेर उल्टै सिंगो मन्त्रालयल नै बदनाम गराएका छन् । 

कर्मचारी भन्छन्– धेरैले भानुभक्त ढकाललाई खराब देखे । उनले कमसेकम कर्मचारीका कुरा सुन्थे, समाधान गर्न खोज्थे । उनी आफैले नजानेर हड्बडाउने त आफ्नो ठाउँमा छ तर सबैका कुरा सुनिदिन्थे र मनन् गरेजस्तो चाहिँ गर्थे । तर यीनमा यो गुण छैन । बरु आफूले जस्तो जान्ने मान्छे अरु कोही छैन भन्ने भान छ । त्यसैले कर्मचारीले राखेको नाम हृदय नभएका हृदयश त्रिपाठी अहिले मन्त्रालयभरि ‘फेमस’ छ ।