• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

गुजरात उच्च अदालतलाई चुनौती दिँदै राहुल गान्धी सर्वोच्च अदालतमा



नयाँ दिल्ली । कांग्रेस नेता राहुल गान्धी मोदी उपनाम मानहानि मुद्दामा सर्वोच्च अदालत पुगेका छन्। आफ्नो निवेदनमा गान्धीले यसअघि गुजरात उच्च अदालतले दोषी ठहर गर्ने निर्णयमा रोक लगाउन माग गरेका छन् ।

वास्तवमा गुजरात उच्च अदालतले मोदी उपनाम मामिलामा गान्धीको सजायलाई रोक्न अस्वीकार गरेको थियो। अहिले गान्धीले गुजरात उच्च अदालतको फैसलालाई चुनौती दिएका छन् ।

कांग्रेस नेता गान्धीले सर्वोच्च अदालतमा सजाय रोक्न अपिल गरेका छन् । मोदी उपनामको मुद्दामा सजाय पाएपछि उनले लोकसभाको सदस्यता गुमाउनु परेको थियो ।

सन् २०२३ मार्च २३ मा भारतीय जनता पार्टी ९बिजेपी० का विधायक पूर्णेश मोदीको उजुरीका आधारमा मुख्य न्यायिक मजिस्ट्रेट, सूरत अदालतले गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।

सोही फैसलाका कारण उनको संसदको सदस्यता पनि खेर गयो । यति मात्र होइन, सजाय पूरा गरेपछि उनी आगामी ६ वर्ष अर्थात् २०३१ सम्म चुनाव लड्न पनि अयोग्य भए ।

त्यसपछि अप्रिलमा गान्धीले उक्त फैसलाविरुद्ध सेसन अदालत पुगेका थिए । सेसन अदालतले अपील पेन्डिङ रहन्जेलसम्म उनलाई जमानत दियो तर फैसलामाथि रोक लगाउन अस्वीकार गर्यो ।

उक्त फैसलालाई गान्धीले गुजरात उच्च अदालतमा चुनौती दिएका थिए तर उच्च अदालतले पनि सेसन अदालतले गरेको दोषी ठहरसम्बन्धी फैसलामाथि रोक लगाउन अस्वीकार गर्यो।