१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुको सम्पत्ति विवरण खोज्दै संसद सचिवालय



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरुलाई आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण बुझाउन सूचित गरेको छ ।

सचिवालयले एक अत्यन्त जरुरी सूचना निकाल्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का दफा ३१ को उपदफा ९१० बमोजिम संघीय संसद्का सदस्यहरुलाई भोलि (साउन १ गते) देखि आगामी भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन निर्देशानुसार अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रतो वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण भरी सिलबन्दी खाममा संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गराउन सचिवालयले सांसदहरुलाई अनुरोध गरेको छ ।