२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमै नागरिकता पाउँदा…



अ+ अ-

टक्सार । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका–४ र ६ का अपाङ्ग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर–घरमै गएर नागरिकता वितरण गर्नुभएको हो । वडा नं ४ बास्तिमका तेजकुमार राईलाई ०९–०१–८०–०१३७४ नम्बर, सोही वडाका आसमाया राईलाई ०९–०१–८०–०१३७५ र वडा नं ६ ठूलोदुम्माका अरुणराज राईलाई ०९–०१–८०–०१३७६ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी घिमिरेले घरमै पुगेर वितरण गर्नुभयो ।

नागरिकता नहुँदा सरकारी सेवाबाट पनि बञ्चित हुनुपरेको जानकारी गाउँपालिकाबाट आएपछि आफूहरूले घरमै गएर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट समेत अपाङ्गता भएका, अशक्त र फरक क्षमता भएका नागरिक बञ्चित हुनुपरेको अवस्थामा हामीले घरमै पुगेर नागरिकता दिँदा सो सुविधा दिलाउन पनि सफल भएका छौँ ।”

प्रमुख जिल्ला अधिकारीसहित नागरिकता वितरणका क्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्रशासकीय अधिकृत राजु शर्मा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरदकुमार थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख दिनेश श्रेष्ठ, पालिका अध्यक्ष किरण राई, स्थानीय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय आएर नागरिकता बनाउन नसक्नेका लागि विगतका पनि घरमै गएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत राजु शर्माले बताउनुभयो ।

आफ्ना पालिकाभित्रका नागरिक नागरिकता लिनबाट बञ्चित हुन नदिनका लागि पालिकाले स्थानीय प्रशासनसँग समन्वय गरेको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बनाउन नसक्ने तीन जना अशक्तलाई गाउँमै नागरिकता दिलाउन सफल भएका छौँ, यो क्रम आगामी दिनमा पनि जारी रहन्छ ।” रासस