• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु ★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’ ★   विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश ★   पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द ★   सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ: प्रेम सुवाल ★   सुपर ८ मा पुगेपछि रोहितले भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन ★   मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ ★   शीतगृहले धरानका किसानलाई राहत ★   ‘दिवाली होस् या होली, अनुष्का लव कोहली’, ‘१० रुपैयाको पेप्सी, कोहली भाई सेक्सी’

काँग्रेस सबैको पार्टी होः सभापति देउवा



??? (?????) ??? ?????? ?????? ?????????? ????????? ???????? ?????? ????? ?????? ?????? ??????? ??????? ?????????? ????? ????????????? ??? ?????? ?????????? ?????? ????????? ????? ? ?????? : ???? ??? ?????/????

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताउनुभएको हो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताउनु भयो । उहाँले सबै आदिवासी जनजातिहरु सहभागिता,समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिवद्ध हुन जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो । विशेष गरी नेपालको राजनीतिमा सबैको भुमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ । साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरुको पनि समावेशी हुन आवश्यक छ । त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ ।

एउटा कुरा के छ भने, हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो । हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरुले सहभागिता,समर्थन मात्रै होइन, पूर्ण रुपले जनता नै आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिवद्ध हुनुपर्छ । सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा ।’

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न काँग्रेस तयार रहेको बताउनु भयो ।