२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा यमुनाको पानीको सतह घट्यो



अ+ अ-

एजेन्सी । भारतको राजधानी दिल्लीले शनिबार बाढीबाट राहत पाउने अपेक्षा गरिएको छ । शुक्रबार राति ११ बजे यमुना नदीको पानीको सतह २०७ दशमलव ९८ मिटरमा झरेको थियो ।

पछिल्लो २ दिनमा पहिलो पटक पानीको सतह २०८ मिटरभन्दा तल आएको छ । अझै घट्ने अनुमान गरिएको छ ।

यहाँ पानी घट्दै गएको छ भने अर्कोतर्फ मौसम विभागले शनिबार दिल्लीमा वर्षाको लागि पहेँलो अलर्ट जारी गरेको छ । आईएमडीका अनुसार आज दिल्लीमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । यसो भयो भने पानीको सतह अझै बढ्ने छ ।

राजधानीको इन्द्रप्रस्थ क्षेत्रमा यमुना नदीमा बनेको ड्रेनेजको रेगुलेटर फुटेको थियो । सेनाको सहयोगमा शुक्रबार राति त्यसलाई मर्मत गरिएको छ । क्षतिका कारण नदीको पानी आइटीओ, रिङरोड, सर्वोच्च अदालत, राजघाट र लालकिल्लासम्म पुगेको थियो ।