२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ राजदूत सिफारिस



अ+ अ-

काठमाडौँ । सरकारले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको हो।

जसअनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन्।

यसैगरी थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ। अब क्यानाडाका लागि राजदूत सिफारिस हुन बाँकी छ ।