२५ श्रावण २०८३, सोमबार
,
Latest
‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस्



अ+ अ-

काठमाडौँ । आज शनिबार । शनिदेवलाई प्रसन्न बनाई तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ ।

यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् ।

ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ । शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने बताइन्छ ।

शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछन् । शनी भगवान सूर्यको पुत्र हुन् र उनको आमाको छाया छ । यमराज उनका भाइ हुन् भने यमुना उनकी बहिनी हुन् ।

ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ । शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ ।

यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् ।

सकेसम्म सूर्य उदाउनु भन्दाअघि हरेक शनिबार शनिको पूजा गर्ने ।
पिपलको बोटमा जलअपर्णसहित विशेष पूजा गर्ने ।
खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
शनिबार कालो तिल दान गर्नुहोस् ।
शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् ।
छालाका जुत्ता र चप्पल पनि दान गर्दा प्रयोग नगर्ने ।
शनिबार हनुमान चालीसाको पाठ गर्नुहोस् ।