२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहायक विदेश मन्त्री लूबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेट भएको छ ।

एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुग्नुभएका सहायक विदेशमन्त्री लूले परराष्ट्रमन्त्री साउदसँग उहाँको कार्यकक्षमा भेटवार्ता गर्नु भएको हो ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सहायक विदेशमन्त्री लूले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्नुहुनेछ । यसअघि उहाँले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो ।