• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सभामुखद्वारा बजेट प्रमाणित



काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गर्नुभएको छ ।

सभामुख घिमिरेले शुक्रबार नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गर्नुभएको हो ।

संवैधानिक प्रावधान अनुसार संसदका दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुन्छ ।