• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने

रामायणमा आधारित रहेर हेर्न लायक फिल्म बनाउँछु – नितेश तिवारी



एजेन्सी । निर्देशक नितेश तिवारीले हिन्दू महाकाव्य रामायणमा आधारित फिल्म बनाउन लागेका छन् । फिल्म ‘आदिपुरुष’को विवादपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्देशकले अब रामायणमा बन्ने आफ्नो फिल्मबाट कसैको धार्मिक भावनामा चोट नपुग्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनले फिल्मका लागि रणवीर कपूर र आलिया भट्टलाई राम–सिताको मुख्य भूमिकामा छनोट गरेका छन् । तर, निर्देशकले आधिकारिक घोषणा भने गरेका छैनन् ।

जूम इन्टरटेनमेन्टसँग कुरा गर्दै निर्देशकले ओम राउतको फिल्म ‘आदिपुरुष’को विवादपछि पनि रामायणमा फिल्म बनाउने निर्णय किन स्थगित नगरेकोबारे बताए । यससँगै निर्देशकले यस फिल्ममा रणवीर–आलियालाई राम–सिताको भूमिकामा कास्ट गर्ने कुरा पनि गरेका छन् ।

निर्देशकले रावणको भूमिकामा केजीएफ अभिनेता यश उर्फ ​​नवीन कुमार गौडालाई छनोट गरेका थिए । तर, यशले नकारात्मक भूमिका गर्न अस्वीकार गरे । यसअघि रावणको भूमिकामा ऋतिक रोशनलाई कास्ट गर्ने कुरा पनि चर्चामा आएको थियो तर परियोजनामा ​​ढिलाइ भएपछि ऋतिक रोशनले पनि यो भूमिकाका लागि अस्वीकार गरेका थिए ।