२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी दिन सरकारलाई सभामुखको रुलिङ



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको छ ।

सांसदहरुले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सरकारले त्यसबारे गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गर्नुभएको हो ।

लम्पी स्किनले देशभरका किसानलाई ठूलो क्षति पुर्याएको भन्दै सांसदहरुले गाउँ–गाउँमा प्राविधिक पठाउन र खोपको प्रबन्ध मिलाउन माग गर्नुभएको थियो ।