१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुचौपायामा संक्रामक ढंगले फैलिइरहेको लम्की स्किनप्रति सरकार उदासीन: एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमालेले लम्की स्कीनको न्यूनिकरणको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले पैसा नभएको किसानलाई सरकारले राहत दिन नसक्ने भए सांसदलाई दिने भनिएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तरण गर्न सुझाव दिए ।

‘लम्की स्कीनको विकराज स्थिती भएको छ । रोपाइँको बेला छ। गोरूहरू बिरामी भएकाले खेत बाँझै छ। ४ महिनायता फैलिएको लम्पी स्किनले किसानहरू रोइरहेका छन्। पीडाको आहालमा छन् । ३७ अर्ब बराबरको क्षति हुँदा समेत सरकारले उदासिनता देखिएको छ । यो न्यूनीकरणमा सरकारले काम गरेको भए यो स्थिति आउने थिएन । अझै ठुलो क्षति हुनसक्ने विज्ञहरुले भनिरहेका छन्’, उनले भने ।

सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको र खोपको परिमाण अपर्याप्त रहेको बताउदै उनले खोप, औषधि र राहतको व्यवस्था गराउँन माग गरे ।