• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु ★   न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

चन्द्रयान–३ मिसन प्रक्षेपण गर्दै भारत, फिल्म ‘आदिपुरुष’को बजेटभन्दा सस्तो



एजेन्सी । चन्द्रयान–२ को प्रक्षेपण भएको ३ वर्ष ११ महिना २३ दिनपछि भारतले आज चन्द्रयान–३ मिसन प्रक्षेपण गर्दैछ ।

यसलाई दिउँसो २ः३५ (भारतीय समय) बजे आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट एलभीएम३–एम४ रकेटमार्फत अन्तरिक्षमा पठाइनेछ ।

हाल क्रायोजेनिक स्टेजको प्रोपेलेन्ट फिलिंग भइरहेको छ । यदि यो मिसन सफल भयो भने भारत अमेरिका, रुस र चीनपछि यस्तो गर्ने चौथो देश बन्नेछ ।

चन्द्रयान–३ अन्तरिक्ष यानमा तीनवटा ल्यान्डरररोभर र प्रोपल्सन मोड्युल छन् । करिब ४० दिनपछि अर्थात २३ वा २४ अगस्टमा ल्यान्डर र रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछन् । दुवैले १४ दिनसम्म चन्द्रमामा परीक्षण गर्नेछन् ।

प्रोपल्सन मोड्युलले चन्द्रमाको कक्षमा बसेर पृथ्वीबाट आउने विकिरणको अध्ययन गर्नेछ । मिसन मार्फत, इसरोले चन्द्रमाको सतह कति भूकम्पीय छ भन्नेबारे तथा माटो र धुलोको अध्ययन गर्नेछ ।

चन्द्रयान–३ आदिपुरुष फिल्मको बजेटभन्दा सस्तो
चन्द्रयान–३ को बजेट करिब ६१५ करोड भारु रहेको छ भने हालै आएको फिल्म आदिपुरुषको लागत ७०० करोड रुपैयाँ थियो । अर्थात चन्द्रयान–३ यस फिल्मको लागतभन्दा करिब ८५ करोड रुपैयाँ सस्तो छ । यसअघि ४ वर्षअघि पठाइएको चन्द्रयान २ को लागत पनि ६०३ करोड रुपैयाँ थियो । तर, यसको सुरुवातमा ३७५ करोड रुपैयाँ खर्च भएको थियो ।

चन्द्रयान–३ को प्रक्षेपण गर्नुअघि प्रधानमन्त्री मोदीले मिसनलाई शुभकामना दिएका थिए। चन्द्रयान–३ को प्रक्षेपण इसरोको आधिकारिक वेबसाइट र युट्युब च्यानलमा प्रत्यक्ष देखाइनेछ ।

तपाईं दूरदर्शनमा पनि चन्द्रयान–३ को प्रत्यक्ष प्रक्षेपण हेर्न सक्नुहुन्छ ।