२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यशस्वीले भने: यो शतक आमा–बुबालाई समर्पित



अ+ अ-

एजेन्सी । यशस्वी जैसवालले डेब्यु टेस्टमा बनाएको शतक आफ्नो अभिभावकलाई समर्पण गरेका छन् ।

वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा शतक प्रहार गरेपछि २१ वर्षीय भारतीय ओपनरले भने, ‘यो मेरो लागि निकै भावुक क्षण थियो, म यसलाई मेरा अभिभावकलाई समर्पण गर्न चाहन्छु । ब्याटिङ जारी छ, दोहोरो शतकको सोच छैन, टोलीलाई ठूलो स्कोरमा पुर्‍याउनेतर्फ ध्यान केन्द्रित छ ।’

शतकपछि यशस्वीका बुबा भूपेन्द्र जैसवाल कावाद यात्रामा निस्किए । उनले भने, ‘म भोले बाबासँग यहि माग्छु कि मेरो छोराले दोहोरो शतक बनाउन् र उनको (यशस्वी)को मेहनत सफल होस् ।’

यशस्वी मुम्बईबाट घरेलु क्रिकेट खेल्छन्, तर उनको जन्म उत्तर प्रदेशको भदोही जिल्लामा भएको थियो । उनको परिवार अझै भदोहीमा बस्दै आएको छ ।

भारत र वेस्ट इन्डिजबीचको पहिलो टेष्ट खेल १२ जुलाईदेखि डोमिनिकामा सुरु हुँदैछ । खेलको दोस्रो दिन बिहीबार राति यशस्वीले शतक प्रहार गरेका थिए । दिनको खेल सकिएपछि उनी १४३ रन बनाएर नटआउट रहेका छन् ।

‘शतक बनाउनु मेरो लागि निकै भावुक क्षण थियो । म परिवार र मलाई समर्थन गर्ने सबै मानिसहरूलाई धन्यवाद दिन चाहन्छु । मेरो यात्रा धेरै लामो थियो, मलाई यहाँसम्म पुग्न धेरैले साथ दिए । म यो शतक मेरा आमाबुवालाई समर्पित गर्न चाहन्छु, उहाँहरूले मेरो करियरमा धेरै योगदान गर्नुभएको छ ।’ उनले पत्रकार सम्मेलनमा भने ।

रोहित शर्मा र जैसवालले ४५४ बलमा २२९ रनको शतकीय साझेदारी गरेका छन् । रोहित–जैसवालले वेस्ट इन्डिजविरुद्ध भारतका लागि सबैभन्दा ठूलो ओपनिङ साझेदारीको कीर्तिमान पनि तोडे । यो कीर्तिमान सन् २००२ मा सञ्जय बांगर र वीरेन्द्र सहवाग (२०१ रन) ले बनाएका थिए ।