• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

लक्ष्मी र सनराइज बैंकको एकिकृत कारोबार सुरु



काठमाडौँ। एकापसमा विलय भएका लक्ष्मी बैंक र सनराइज बैंकले आज ९शुक्रबार० देखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्ज भएपछि दुवै बैंकको अस्तित्वलाई स्वीकार गरी लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको हो ।

दुवै बैंक १:१ अनुपातमा मर्ज भएका हुन् । अहिले लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १०० प्रतिशत स्वापमा मर्ज हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते दुवै बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो । यसअघि दुवै बैंकले गत जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए ।