२५ श्रावण २०८३, सोमबार
,
Latest
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मी र सनराइज बैंकको एकिकृत कारोबार सुरु



अ+ अ-

काठमाडौँ। एकापसमा विलय भएका लक्ष्मी बैंक र सनराइज बैंकले आज ९शुक्रबार० देखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्ज भएपछि दुवै बैंकको अस्तित्वलाई स्वीकार गरी लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको हो ।

दुवै बैंक १:१ अनुपातमा मर्ज भएका हुन् । अहिले लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १०० प्रतिशत स्वापमा मर्ज हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते दुवै बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो । यसअघि दुवै बैंकले गत जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए ।