• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

भोलि शनिबार पनि बैंक खुला रहने



काठमाडौँ । भोलि शनिबार पनि बैंक तथा कर कार्यालय खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकले पनि असारसम्म शनिबार र विदाका दिन पनि बैंक खोल्न निर्देशन दिइसकेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७९÷८० को अनुमानित करको शतप्रशित रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता) २०८० मसार महिनाभित्र दाखिला गर्नुपर्ने कानूनी व्यवस्था अनुसार म्यादभित्रै विवरण तथा कर दाखिला गर्न अनुरोध गरेको छ ।

यसका लागि भोलि शनिबार सार्वजनिक विदाको दिनमा समेत ठूला करदाता, मध्यमस्तरीय करदाता, आन्तरिक राजस्व, करदाता सेवा कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंक शाखा एवम् काउन्टर खुला रहने र भुक्तानी क्लियरिङको काम समेत हुने जनाइएको छ ।