२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासायनिक मल कारखाना स्थापनाका लागि अघि बढ्यो प्रारम्भिक प्रक्रिया



अ+ अ-

काठमाडौं । करिब रु ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको कार्यालयले आज एक जर्मन कम्पनीसँग रासायनिक मल कारखाना स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गर्नुभएको हो ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, बोर्डको गत चैत १७ गते सम्पन्न ५०औँ बैठकले सो कम्पनीलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा गत चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३औँ बैठकले स्वीकृत गरेको थियो ।

समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक कम्पनीलेले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ । प्रस्तावक कम्पनीले हाइब्रिड, ग्यास वा दुवैमध्ये कुन उपयुक्त प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । सो  प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी झण्डै रु ९३ अर्ब ५३ करोड बराबरको लगानी लाग्नेछ ।

साथै आगामी आर्थिक वर्षको बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उल्लेख छ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतज्यूले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दीगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गर्नुभयो । रासस