२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब शाहरुखलाई फ्यानले सोधे – आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानले बिहीबार ‘आस्क एसआरके’को सोधपुछ समारोह आयोजना गरे । यसक्रममा शाहरुखले एक–एक गरेर थुप्रै प्रश्नको जवाफ दिए ।

फ्यानहरूले शाहरुखलाई उनको व्यक्तिगतदेखि व्यावसायिक जीवनसँग सम्बन्धित धेरै प्रश्नहरू सोधे । यतिबेला शाहरुखको आगामी फिल्म ‘जवान’को निकै चर्चा भइरहेको छ ।

फ्यानका धेरैजसो प्रश्न जवानसँग मात्रै सम्बन्धित थिए । एकजनाले सोधे, जवान कति घण्टाको फिल्म हो । जवाफमा शाहरुखले भने, ‘जति समय छ, त्यति नै हेर्नुहोला ।’ एक ट्विटर प्रयोगकर्ताले अलि अनौठो प्रश्न सोधे ।

उनले शाहरुखलाई सोधे कि तपाई आफ्नो फिल्मको टिकट आफै किन्नु हुन्छ ? यसको जवाफमा शाहरुखले पनि रोचक जवाफ दिए । शाहरुखले भने – आफ्नो कामको तलब आफैं दिनुहुन्छ ?’