३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा यमुना नदी खतराको तहभन्दा ३ मिटर माथि, बाहिरीलाई प्रवेश निषेध



अ+ अ-

एजेन्सी । लगातार वर्षाका कारण भारतको राजधानी दिल्लीमा डुबान भएको छ । हरियाणाको हथनी कुण्ड ब्यारेजबाट पानी छोडेपछि यमुना नदीको पानीको सतह बढेपछि दिल्लीमा बाढीको अवस्था छ । बिहीबार दिउँसो २ बजेसम्म यमुनाको जलस्तर २०८ दशमलव ६२ मिटर पुगेको थियो । यो खतराको चिन्ह २०५ मिटरभन्दा ३ मिटर बढी हो ।

यमुना वजिराबाददेखि ओखलासम्मको दुरी २२ किलोमिटर छ । बिहीबार दिउँसो पानीको सतह २०९ मिटर पुगेपछि अधिकांश क्षेत्र डुबानमा पर्न सक्ने केन्द्रीय जल आयोगले आशंका गरेको छ । एनडीआरएफको १२ टोली यहाँ तैनाथ गरिएको छ । २ हजार ७ सय राहत शिविर स्थापना गरिएको छ ।

धेरै क्षेत्र पानीमा डुबेका छन् । ५ देखि ६ फिटसम्म पानी भरिएको छ । यमुना नदी किनारका १६ हजारभन्दा बढी मानिसलाई विस्थापित गरी सुरक्षित स्थानमा लगिएको छ । दिल्ली सरकारले एक एडभाइजरीमा बाहिरी राज्यका मानिसहरूलाई दिल्ली प्रवेश नगर्न भनेको छ ।

सिंहु नाका, बदरपुर नाका, लोनी नाका र चिल्ला नाका सिल गरिएको छ । ठूला मालसामानका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । साना सवारी साधनको प्रवेश भने जारी रहनेछ । दिल्ली सरकारले आइतबारसम्म सबै विद्यालय र कलेज बन्द गर्ने आदेश दिएको छ ।