२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा यमुना नदी खतराको तहभन्दा ३ मिटर माथि, बाहिरीलाई प्रवेश निषेध



अ+ अ-

एजेन्सी । लगातार वर्षाका कारण भारतको राजधानी दिल्लीमा डुबान भएको छ । हरियाणाको हथनी कुण्ड ब्यारेजबाट पानी छोडेपछि यमुना नदीको पानीको सतह बढेपछि दिल्लीमा बाढीको अवस्था छ । बिहीबार दिउँसो २ बजेसम्म यमुनाको जलस्तर २०८ दशमलव ६२ मिटर पुगेको थियो । यो खतराको चिन्ह २०५ मिटरभन्दा ३ मिटर बढी हो ।

यमुना वजिराबाददेखि ओखलासम्मको दुरी २२ किलोमिटर छ । बिहीबार दिउँसो पानीको सतह २०९ मिटर पुगेपछि अधिकांश क्षेत्र डुबानमा पर्न सक्ने केन्द्रीय जल आयोगले आशंका गरेको छ । एनडीआरएफको १२ टोली यहाँ तैनाथ गरिएको छ । २ हजार ७ सय राहत शिविर स्थापना गरिएको छ ।

धेरै क्षेत्र पानीमा डुबेका छन् । ५ देखि ६ फिटसम्म पानी भरिएको छ । यमुना नदी किनारका १६ हजारभन्दा बढी मानिसलाई विस्थापित गरी सुरक्षित स्थानमा लगिएको छ । दिल्ली सरकारले एक एडभाइजरीमा बाहिरी राज्यका मानिसहरूलाई दिल्ली प्रवेश नगर्न भनेको छ ।

सिंहु नाका, बदरपुर नाका, लोनी नाका र चिल्ला नाका सिल गरिएको छ । ठूला मालसामानका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । साना सवारी साधनको प्रवेश भने जारी रहनेछ । दिल्ली सरकारले आइतबारसम्म सबै विद्यालय र कलेज बन्द गर्ने आदेश दिएको छ ।