२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण: थप एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने समुहका थप एक जना पक्राउ परेका छन् ।

अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभनमा पारी विश्वास दिलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका केशब तुलाधरलाई प्रहरीले पक्राउ गरेको हो ।

जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गरेका तुलाधरलाई काठमडौँ उपत्यका अनुसन्धान कार्यलय, मिनभवनबाट खटिएका विशेष अनुसन्धान टोलीले बुधबार सानोभर्‍याङबाट पक्राउ गरेको हो ।

अभियुक्त तुलाधरलाई ठगी तथा संगठित अपराधको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौमा पठाइएको छ ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतकाहरु थुनामा छन् ।