२५ श्रावण २०८३, सोमबार
,
Latest
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण: थप एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने समुहका थप एक जना पक्राउ परेका छन् ।

अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभनमा पारी विश्वास दिलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका केशब तुलाधरलाई प्रहरीले पक्राउ गरेको हो ।

जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गरेका तुलाधरलाई काठमडौँ उपत्यका अनुसन्धान कार्यलय, मिनभवनबाट खटिएका विशेष अनुसन्धान टोलीले बुधबार सानोभर्‍याङबाट पक्राउ गरेको हो ।

अभियुक्त तुलाधरलाई ठगी तथा संगठित अपराधको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौमा पठाइएको छ ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतकाहरु थुनामा छन् ।