३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेन्सर बोर्डले ‘ओएमजी २’ प्रदर्शनमा रोक लगायो



अ+ अ-

काठमाडौँ । भारतीय फिल्म सेन्सर बोर्डले अक्षय कुमार स्टारर फिल्म ‘ओ माइ गड २’ को प्रदर्शनमा रोक लगाएको छ। ‘ओएमजी २’ को संवाद र दृश्यमा ध्यान दिंदै पुन: सेन्सर गरेर मात्र फिल्म प्रदर्शनबारे तय गरिने बताइएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार बोर्डले फिल्मलाई समीक्षा समितिमा पठाएको छ। आदिपुरुषलाई जस्तै विवाद हुन नदिन यस्तो कदम उठाए सेन्सर बोर्डले जनाएको छ। यसअघि ‘आदिपुरुष’ ले धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै विवाद भएको थियो।

गत महिना रिलिज भएको ‘आदिपुरुष’का केही संवादलाई लिएर भारतभर चर्को आलोचना भएको थियो । विवाद चर्किएपछि उक्त फिल्मको प्रदर्शन नेपालमा समेत रोकिएको थियो ।

‘ओएमजी २’ को टिजर ११ जुलाईमा सार्वजनिक गरिएको थियो। टिजरमा परेश रावललाई नास्तिक, पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिएको छ।

अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय, परेश र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ। यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ।