• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

नेपाल र बंगलादेश भिड्दै



काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार साँझ ५:१५ बजेबाट सुरु हुनेछ।

नेपालले बंगलादेशसँगको यस मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ । एसियन गेम्स आगामि सेप्टेम्बर(अक्टोबरमा चीनमा हुन लागेको छ ।

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । नेपाली टिम त्यो हारको बदला लिने दाउमा छ।

महिला फुटबल टोली

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा ९कप्तान०, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर: अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, अन्जली वाइबा

मिडफिल्डर: रेनुका नगरकोटी, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड: सावित्रा भण्डारी, अनिता केसी, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल