२५ श्रावण २०८३, सोमबार
,
Latest
इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: ७० अर्ब बजेट विनियोजन भएकोमा २३ अर्ब फ्रिज



अ+ अ-

हेटौँडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा विनियोजन गरेको बजेटको २३ अर्ब रकम फ्रिज भएको छ ।

चालू आर्थिक वर्षको लागि प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएकोमा त्यसको खर्च हुन नसक्दा २३ अर्ब २८ करोड ९४ लाख ४१ हजार ३ सय ८२ रुपैयाँ बजेट फ्रिज भएको हो ।

पुरा बजेटको ६७.१९ प्रतिशत रकम फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाले जनाएको छ। कार्यालयको अनुसार प्रदेश सरकारले कुल बजेटको पुँजीगत र चालु खचै तर्फ ७० प्रतिशत पनि खर्च गर्न सकेन ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा सबैभन्दा धेरै रकम खर्च गर्ने मन्त्रालयको रूपमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको कार्यालयले जनाएको छ । मन्त्रालयले प्राप्त गरेको ११ करोड ७९ लाख ५३ हजार रुपैयाँ मध्ये १० करोड ६४ लाख ३० हजार खर्च गरेको छ ।

यस्तै, सबैभन्दा कम खर्च मुख्यमन्त्री कार्यालयले गरेको पाइएको छ । मुख्यमन्त्री कार्यालयले पाएको ६१ करोड ८२ लाख ९१ हजार रुपैयाँ बजेट मध्ये ३५ करोड ९ लाख ६० हजार रुपैयाँ मात्र खर्च गरेका ेछ । यसले कुल बजेटको ५६.७० प्रतिशत मात्र खर्च गर्न सक्यो ।

यस्तै, बागमतीका सबैभन्दा धेरै बजेट हिस्सा २१ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल बजेटको १५ अर्ब ३७ करोड ५२ लाख ७२ हजार रुपैयाँ मात्र खर्च गरेको छ । पुरा बजेटको ६९.९२ प्रतिशत मात्र खर्च गरेको पाईएको छ ।