२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: ७० अर्ब बजेट विनियोजन भएकोमा २३ अर्ब फ्रिज



अ+ अ-

हेटौँडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा विनियोजन गरेको बजेटको २३ अर्ब रकम फ्रिज भएको छ ।

चालू आर्थिक वर्षको लागि प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएकोमा त्यसको खर्च हुन नसक्दा २३ अर्ब २८ करोड ९४ लाख ४१ हजार ३ सय ८२ रुपैयाँ बजेट फ्रिज भएको हो ।

पुरा बजेटको ६७.१९ प्रतिशत रकम फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाले जनाएको छ। कार्यालयको अनुसार प्रदेश सरकारले कुल बजेटको पुँजीगत र चालु खचै तर्फ ७० प्रतिशत पनि खर्च गर्न सकेन ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा सबैभन्दा धेरै रकम खर्च गर्ने मन्त्रालयको रूपमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको कार्यालयले जनाएको छ । मन्त्रालयले प्राप्त गरेको ११ करोड ७९ लाख ५३ हजार रुपैयाँ मध्ये १० करोड ६४ लाख ३० हजार खर्च गरेको छ ।

यस्तै, सबैभन्दा कम खर्च मुख्यमन्त्री कार्यालयले गरेको पाइएको छ । मुख्यमन्त्री कार्यालयले पाएको ६१ करोड ८२ लाख ९१ हजार रुपैयाँ बजेट मध्ये ३५ करोड ९ लाख ६० हजार रुपैयाँ मात्र खर्च गरेका ेछ । यसले कुल बजेटको ५६.७० प्रतिशत मात्र खर्च गर्न सक्यो ।

यस्तै, बागमतीका सबैभन्दा धेरै बजेट हिस्सा २१ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल बजेटको १५ अर्ब ३७ करोड ५२ लाख ७२ हजार रुपैयाँ मात्र खर्च गरेको छ । पुरा बजेटको ६९.९२ प्रतिशत मात्र खर्च गरेको पाईएको छ ।