५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता लिन समस्या भएको भन्दै नियमावली सच्याउन गृहमन्त्रालयको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समितिले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन भएपनि नागरिकता लिन विभिन्न समस्या भएको बताएको छ ।

समितिले मंगलबार गृह सचिव दिनेश भट्टराईसमक्ष नागरिकता लिन देखिएका विभिन्न समस्या समाधान हुने गरी नियमावली संशोधन गरेर प्रकाशन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा केही समयअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएपछि कार्यान्वयनमा आएका विधेयकमा आमाको नामबाट र पितृत्व र मातृत्वको ठेगाना नभएकालाई पनि नागरिकता दिने भनिएको भएपनि त्यसमा विभिन्न समस्याहरु आएको उल्लेख छ ।

समितिका अध्यक्ष ई इन्द्रजित साफीले जन्मसिद्ध नागरिकता भएको बुवा, आमाको नागरिकता भएर पनि जग्गाको लालपुर्जा, बिजुलीको बिल, खानेपानीको बिल र हजुर बुबा–आमाको नागरिकता नदिइएको भन्दै सच्याउन माग गरिएको जानाकारी दिनुभयो ।