१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता लिन समस्या भएको भन्दै नियमावली सच्याउन गृहमन्त्रालयको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समितिले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन भएपनि नागरिकता लिन विभिन्न समस्या भएको बताएको छ ।

समितिले मंगलबार गृह सचिव दिनेश भट्टराईसमक्ष नागरिकता लिन देखिएका विभिन्न समस्या समाधान हुने गरी नियमावली संशोधन गरेर प्रकाशन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा केही समयअघि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएपछि कार्यान्वयनमा आएका विधेयकमा आमाको नामबाट र पितृत्व र मातृत्वको ठेगाना नभएकालाई पनि नागरिकता दिने भनिएको भएपनि त्यसमा विभिन्न समस्याहरु आएको उल्लेख छ ।

समितिका अध्यक्ष ई इन्द्रजित साफीले जन्मसिद्ध नागरिकता भएको बुवा, आमाको नागरिकता भएर पनि जग्गाको लालपुर्जा, बिजुलीको बिल, खानेपानीको बिल र हजुर बुबा–आमाको नागरिकता नदिइएको भन्दै सच्याउन माग गरिएको जानाकारी दिनुभयो ।