२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसडाँडाबाट सीताको अन्तिम बिदाई– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी स्व सीता दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि अहिले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँलाई बिहान ८ बजे नर्भिक अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । दुर्लभ खालको पिएसपी (प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी) रोगले पीडित उहाँको बिहान ८:३३ मा निधन भएको हो ।

उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन् ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ ।