२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोसिमा कार्कीद्वारा स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा माग



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वस्वास्थ्य तथा जनस‌ख्या राज्यमन्त्री तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको राजीनामा माग गर्नुभएको छ । मन्त्री बस्नेतले दिनुभएको एक अभिव्यक्तिलाई लिएर कार्कीले राजीनामा माग गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तष्टि व्यक्त गर्दै सांसद कार्कीले मन्त्री बस्नेतले राजीनामा दिनुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले सरुवा हुन नमान्ने कर्मचारीले आत्महत्याको धम्की दिएको र आफूले आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गाह्रो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छ भन्ने जवाफ दिनुभएको बताउनुभएको थियो ।

सांसद कार्कीले मन्त्री बस्नेतको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै राजीनामा माग गर्नुभएको हो । ‘स्वास्थ्य क्षेत्रको अभिभावक भएर तमाम देशभरीका स्वास्थ्यकर्मीहरुको श्रम पसिना र उनीहरुको दुःख त्यागको सम्मानजनक सम्बोधन गर्नुसाटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाई स्वयम् स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र हैन सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुन सक्छ्र त्यसैले नैतिकताको आधारमा स्वास्थ मन्त्री महोन बहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ’, उहाँले भन्नुभएको छ ।