२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लोकतन्त्र सुदृढ भए भारतको लोकतन्त्रलाई पनि सहयोग पुग्छ : विमलेन्द्र निधि



अ+ अ-

राजस्थान । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिँदै नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताएका छन् ।जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलबार आयोजित नेपाल भारतसम्बन्ध बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको स्वाभिमानी मुलुक भएको उल्लेख गर्दै इतिहासमा कहिल्यै कसैको उपनिबेशमा नपरेको स्पष्ट पार्नुभयो । भारतको स्वतन्त्रता आन्दोलनमा बीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमान सिंह, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामनारायण मिश्र जस्ता नेताहरुले सहयोग गरेको स्मरण गर्दै उहाँले त्यसको बदलामा भारतले पनि नेपालको लोकतन्त्र पुनर्बहालीमा सहयोग गरेको उहाँको भनाइ छ ।

भारतमा लोकतन्त्र सुदृढ भए नेपालको लोकतन्त्रलाई सहयोग पुग्ने र नेपालमा लोकतन्त्र सुदृढ भए भारतको लोकतन्त्रलाई पनि सहयोग पुग्ने निधिको भनाइ थियो। आर्थिक नीतिका सन्दर्भमा पनि दुबै देश एकअर्कामा निर्भर भएको उहाँले बताउनुभयो ।

छिमेकीका नाताले चीन र भारतसँग नेपालको पुरानो सम्बन्ध भएको उहाँले चर्चा गर्नुभयो । ‘चीनसंग नेपालको मित्रता छ, भारतसंग नाता छ’, उहाँले भन्नुभयो ।

त्रेतायुगमा सीता र रामको बिबाह भएको चर्चा गर्दै निधिले नेपाल भारतीच बेटी रोटीको सम्बन्ध रहेको उल्लेख गर्नुभयो । नेपाललाई भारतबिरोधी देशका रुपमा नबुझ्न नेता निधिले भारतीयहरुलाई आग्रह गर्नुभयो । नेपालमा भारतबिरोधी कोही पनि नभएको भन्दै उहाँले नेपालका कम्युनिष्टहरुले समेत भारतमा भूमिगत जीवन बिताएको सन्दर्भ उल्लेख गर्नुभयो ।

त्यस अवसरमा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिबसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्धबारे चर्चा गर्नुभएको थियो । मंगलबार नै नेता निधि भूपाल नोवेल विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।

त्यस अबसरमा सो विश्वविद्यालयका कूलपति शिबसिं सारंगदेवले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाई भबिश्यमा सहयोग आदानप्रदानका लागि विश्वविद्यालयका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनानुभयो ।