• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

इस्लामाबादमा आजदेखि तीनदिने अन्तर्राष्ट्रिय गान्धार गोष्ठी सुरु हुँदै



काठमाडौं । पाकिस्तानको गान्धा सभ्यता र बौद्ध सम्पदाको सामग्री प्रदर्शन गर्न इस्लामाबादमा आजदेखि तीनदिने अन्तर्राष्ट्रिय गान्धार गोष्ठी सुरु भएको छ ।

सोमबार इस्लामाबादमा भियतनामका बौद्ध भिक्षुहरुको एक प्रतिनिधिमण्डसँग गान्धार पर्यटनका बारेमा प्रधानमन्त्रीको कार्यदलका अध्यक्ष डा रमेशकुमार वांकवानीले गर्नुभएको हो ।

अध्यक्ष वांकवानीले गान्धार सभ्यताको समृद्ध सांस्कृतिक सम्पदा प्रदान गर्ने पाकिस्तान पर्यटकहरुका लागि सम्पूर्णरुपमा सुरक्षित रहेको बताउनुभयो ।

उहाँले धार्मिक पर्यटन प्रवर्द्धन गर्नाले व्यावसायिक गतिविधि बढेर विदेशी मुद्रा आर्जन हुने तथा गोष्ठीले देशको नरम छवि प्रवर्द्धन गर्न र विश्वसँग सम्पर्कमा आउन समेत सहयोग पुग्ने बताउनुभयो ।

सो अवसरमा भियतनामका बौद्ध भिक्षुहरूले पाकिस्तानमा रहेको गान्धार सभ्यता र बौद्ध धर्मका स्थलहरूको खोजी गर्नका लागि बौद्ध धर्मावलम्बी र अन्य धर्मका अनुयायीहरूलाई सहजीकरण गरेकोमा प्रधानमन्त्री शेहबाज सरिफ र उहाँको सरकारको प्रशंसा गरे।

उनीहरुले आगामी दिनमा पाकिस्तानको सांस्कृतिक सम्पदा हेर्न थप पर्यटक आउने बताए । भिक्षुहरुले गान्ध्रा सभ्यता र पाकिस्तानमा धार्मिक पर्यटनको सम्भावनालाई प्रवर्द्धन गर्न मिडियालाई उपयुक्त भूमिका खेल्न आग्रह गरे।

प्रतिनिधिमण्डलले इस्लामाबाद संग्रहालयको पनि भ्रमण गरी पाकिस्तानको बौद्ध सम्पदाप्रति गहिरो चासो देखाएको थियो। प्रधानमन्त्री मोहम्मद शाहबाज शरीफ र विदेशमन्त्री बिलावल भुट्टो जरदारीले गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

गोष्ठीको उद्देश्य पाकिस्तानमा रहेको गान्धार सभ्यता र बौद्ध सम्पदाको ऐतिहासिक र सांस्कृतिक महत्वको विश्वव्यापी चेतना जगाउनु रहेको छ । गोष्ठीमा मलेसिया, भियतनाम, थाइल्याण्ड, नेपाल, दक्षिण कोरिया र श्रीलंकाका विभिन्न बौद्ध भिक्षुहरुको सहभागिता रहनेछ ।

कार्यक्रमको शीर्षक ‘सांस्कृतिक कूटनीति: पाकिस्तानमा गान्धार सभ्यता र बौद्ध सम्पदाको पुनरुत्थान’ रहेको छ ।