१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से चार दशमलव ७३ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ दशमलब २४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ८६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीका कूल ७९ लाख ८८ हजार नौ सय ८६ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको रु १२ करोड ७८ लाख १३ हजार सात सय १९ बराबरको कारोबार भएको छ ।

शिवम् सिमेन्ट रु १२ करोड ५४ लाख ३९ हजार चार सय नौ, सोल्टी होटल रु १० करोड ६७ लाख ६५ हजार चार सय आठ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु छ करोड ६१ लाख ५८ हजार नौ सय ३४ र मञ्जुश्री फाइनान्स रु छ करोड ५६ लाख सात हजार छ सय ८० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नप्सेका अनुसार हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड पहिलोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रावा इनर्जी दशमलब ९८, लिवर्टी इनर्जी नौ दशमलब ६४ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।

यस्तै, सिङ्गटी हाइड्रो पाँच दशमलब ९६, श्वेतगङ्गा हाइड्रोपावर पाँच दशमलब ६९, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब १४, इस्टर्न हाइड्रोपावर चार दशमलब ६२ र माथिल्लो हेवा खोलाको शेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।रासस