२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयर दुर्घटना: मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याउने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ ।

आज विहान ९:५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको थियो ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएसँग भकान्जेमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलट सीबी गुरुङसहित ६ जना सवार थिए । हेलिकप्टरमा पाँच जना मेक्सिकन यात्रु  थिए। उनीहरु लुक्लामा एक रात बसेर काठमाडौं फर्कदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।