२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
निर्यात ४६.५ प्रतिशतले वृद्धि जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक : प्रचण्ड फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा आइसिसीको वारेन्टमा पक्राउ पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान कर्णालीलाई चलचित्रबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु: अभिनेता प्रदिप खड्का युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज)माथि सांघातिक आक्रमण आफ्नो जीवनलाई आनन्दले भर्नुहोस् प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको अध्यक्षमा लालबाबु शेख निर्वाचित नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छः अस्गर अली वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयर दुर्घटना: मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याउने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ ।

आज विहान ९:५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको थियो ।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएसँग भकान्जेमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलट सीबी गुरुङसहित ६ जना सवार थिए । हेलिकप्टरमा पाँच जना मेक्सिकन यात्रु  थिए। उनीहरु लुक्लामा एक रात बसेर काठमाडौं फर्कदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।