२५ मंसिर २०८२, बिहीबार
,
Latest
भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा: समावेशी समाजवादी पार्टीको साइबरनेटिक संघीयता घोषणा ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’ आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ चुनाव नजिकिँदा राजनीतिक गतिविधि बढ्यो प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरआरआरको सिक्वेलमा पनि राम चरण र एनटीआरलाई देख्न पाइने



अ+ अ-

एजेन्सी । भारतको ब्लकबस्टर फिल्म आरआरआरको सिक्वेल आरआरआर २ मा काम सुरु भएको छ । हालै, फिल्म आरआरआरका पटकथा लेखक र निर्देशक एसएस राजामौलीका पिता विजयेन्द्र प्रसादले आरआरआरको आगामी सिक्वेलको बारेमा जानकारी दिए ।

उनले फिल्मको काम पाइपलाइनमा रहेको बताए । यस पटक पनि आरआरआर २ मा राम चरण र जुनियर एनटीआर मुख्य भूमिकामा देखिनेछन् ।

पटकथा लेखक विजयेन्द्र प्रसादले एसएस राजामौली फिल्मको सिक्वेलको निर्देशक नहुने बताए । यद्यपि, राजामौली अझै पनि पर्यवेक्षकको भूमिकामा परियोजनामा ​​संलग्न हुनेछन् । उनले फिल्मको सिक्वेलको कथा पहिलो फिल्मसँग सीधै सम्बन्धित नहुने पनि बताए । तर, यसपटक पनि फिल्मको कथा ब्रिटिश राज र भारतको स्वतन्त्रता संग्रामसँग जोडिएको हुनसक्छ ।

रामचरण र जुनियर एनटीआर बाहेक अजय देवगन, श्रिया सरन र आलिया भट्टले पनि फिल्म आरआरआरमा काम गरेका थिए । गत वर्ष मार्चमा रिलिज भएको यो फिल्मले विश्वभर बक्स अफिसमा करिब १३ सय करोड कमाएको थियो । फिल्मको लोकप्रिय डान्स नम्बर नाटु नाटुले उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार अवार्ड पनि प्राप्त गर्‍यो ।