२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणमा बदमासी गर्नेले दण्ड पाउनुपर्छ– माधव नेपाल



फाईल फोटो
अ+ अ-

पाल्पा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाद्वारा मंगलबार बिहान तानसेनमा आयोजिन पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले सरकारी जग्गालाई व्यक्तिको नाममा पास गर्नेहरुलाई दण्ड दिनुपर्ने बताउनुभयो ।

आफू प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानूनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको उहाँको भनाइ थियो ।

त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो भनी प्रश्न गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ ।”

ललिता निवास जग्गा प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नहुने भन्दै उहाँले भन्नुभयो, “जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।”

कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर निर्णय गर्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले ललिता निवास मात्र नभई, नेपाल ट्रष्टका जग्गा लगायतमा पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र दोषीलाई कारबाही गर्ने कार्य गरेकामा प्रशंसा गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनु हुँदैन, म र हाम्रो पार्टी भ्रष्टाचार विरोधी अभियानमा साथ दिन तयार छौँ । यो काममा सरकारलाई पूर्ण साथ र समर्थन छ ।”