२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकार गठन विवादसम्बन्धी मुद्दा मंगलबार पनि हेर्न नभ्याउने सूचीमा



अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा मंगलबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।

नेकपा (एमाले) ले सर्वोच्चमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको हो। मंगलबार उक्त रिटको पेसी न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा १४औं नम्बरमा रहेको थियो ।

न्यायाधीश श्रेष्ठको इजलासले एक थान मात्र मुद्दाको सुनुवाइ गर्दै अन्य मुद्दा हेर्न नभ्याउने सूचीमा राखेर स्थगित गरेको छ । उक्त मुद्दा आइतबार र सोमबार पनि पेसी तोकिने अनि हेर्न नभ्याउने हुँदै सर्दै आएको थियो।

गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाको नियुक्ति, बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको थियो ।