१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा नै नभएको ठाउँमा बजेट गयो: राष्ट्रिय सभा सदस्य रावल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चितवनको माडीमा ९ वटा वडा रहेको तर केन्द्र सरकारबाटै १० औं वडामा बजेट विनियोजित गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले देश संघीयतामा गइसकेपछि पनि केन्द्रबाट नै लाखको योजनाहरु गइरहेकोप्रति उहाँको असन्तुष्टि थियो । उहाँले बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकार लाग्नुपर्ने बताउनु भयो । उहाँले निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकातिर बिरामीहरुको उपचारलाई सहज बनाउनेतर्फ सरकारको दायित्व हो भने अर्को रोगै लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ । अर्थ मन्त्रालय बजेट बाँडफाँट गर्ने मन्त्रालय हो, तर आज अर्थ मन्त्रालय अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ५७ प्रतिशत बेरुजु भइरहेको छ । यो के भइरहेको छ ? योजना आयोग र वित्त आयोगहरुले सिफारिस गरेको कुरा किन कार्यान्वयन हुन सक्दैनन् ।

प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको राष्ट्रिय योजना आयोग, संवैधानिक आयोग, प्राकृतिक तथा श्रोत वित्त आयोगको कार्यान्वयन भएको छैन । चितवनको माडीमा ९ वटा वडा छ तर १० औं वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ । १० लाख सिंचाई मन्त्रालय अन्तर्गत भएको छ । ९ किलो सडकका लागि भौतिक मन्त्रालयबाट ५ लाख विनियोजित भएको छ ।’

राष्ट्रिय सभा सदस्य रावलले औषधिको उत्पादन, भण्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।